काठमाडाैं । अर्घाखाँची सिमेन्टलाई २ लाख ५ हजार रुपैयाँबराबरको जरिवाना तिराइएको छ । अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्पनीलाई उक्त रकम बराबरको जरिवाना गरेको हो ।
कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ । विभागले आइतबार रूपन्देही र काठमाण्डौका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको थियो । जसक्रममा कैफियत देखिएका कम्पनीलाईलाई कारवाही गरिएको थियो ।




















प्रतिक्रिया