काठमाडौं । मंगलबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ । सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो ।




















प्रतिक्रिया