Logo

अर्थ

तोलामा ९ सय बढ्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदी तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२०० रुपैयाँ रहेको चाँदी आज ३२२० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार ११:३७   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।