Logo

अर्थ

सेयर बजारमा लगातार वृद्धि, ६ अर्ब ६९ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार बढेको छ । आइतबारबाट बजारमा लगातार वृद्धि भइरहेको छ । नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५ को विन्दुमा कायम भएको छ ।

आज १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ अर्ब ६९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ६२ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै झापा इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ३.९४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:१६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।