कैलाली । कैलालीका तीन पालिका तहमा अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति बनाउन लागिएको छ ।
लम्की चुहा, टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका अपाङ्गता भएका बालबालिकासम्बन्धी स्थानीय नीति २०८२ बनाउन लागिएको हो । गुडनेवर्स इन्टरनेश्नल नेपालको सहयोगमा नीतिको मस्यौदा तयार गरी छलफल भइरहेको छ ।
अब बन्ने नीतिले अपाङ्गता बालबालिकाको हक अधिकार र सम्मानजनक जीवनयापनको अधिकारलाई कानुनी रूपमा संरक्षण गर्ने र हक अधिकारलाई सुनिश्चित गर्ने विश्वास गरिएको छ ।
“अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानीत जीवन जिउन सहज होस् भन्ने अभिप्रायका साथै कैलालीका तीन वटै पालिकाको स्थानीय नीति निर्माणमा सहयोग गरिरहेका छौँ,” गुडनेवर्स इन्टरनेश्नलका कार्यक्रम संयोजक अरुण चौधरीले भने ।
उनले पालिकामा अपाङ्गता बालबालिकासम्बन्धी नीति बनेपछि उनीहरूको राज्यका सार्वजनिक सेवा सुविधा र अवसरमा समान पहुँच पुग्ने विश्वास लिइएको बताए ।
नीतिको छलफलमा सहभागी हुनु भएका लम्की चुहानगरपालिका–५का दृष्टिविहीन प्रभुनाथ उपाध्यायले यस नीतिले अपाङ्गता भएका बालबालिकालाई सहयोग पुग्ने बताए।




















प्रतिक्रिया