Logo

प्रमुख समाचार

एमाले महाधिवेशन निर्णायक मोड हो, प्रतिनिधि चयनमा सजगता अपनाऔं: पूर्वराष्ट्रपति भण्डारी



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन निर्णायक मोड भएकाले प्रतिनिधि चयनमा सजगता अपनाउनुपर्ने बताएकी छन् ।

सामाजिक सञ्जालमार्फत् महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै उनले यस्तो बताएकी हुन् ।

उनले सामाजिक सञ्जालमार्फत पार्टी परिवारलाई सम्बोधन गर्दै महाधिवेशनलाई विद्यमान राजनीतिक परिस्थितिमा पार्टीलाई अगाडि बढाउने निर्णायक मोड भनेकी छन्।

भण्डारीले महाधिवेशनले नीतिगत र नेतृत्वगत दिशानिर्देश तय गर्ने भएकाले पार्टीभित्र मात्र होइन, आम नागरिकको चासोको विषय मानिनुपर्ने बताएकी छन् ।

उनले प्रतिनिधि चयनमा वैचारिक परिपक्वता, अनुशासन, युवा पुस्ताको ऊर्जा र क्षेत्रगत सन्तुलनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन्।

उनले दुई वर्षअघि विधानअनुसार नवीकरण गरेको आफ्नो सदस्यता नेतृत्वले रोकिदिएको भन्दै आफू भौतिक रूपमा उपस्थित हुन नसक्ने स्पष्ट गरेकी छन्। तर आफू अझै पार्टी परिवारकै सदस्यको भूमिकामा रहने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ०७:१६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।