Logo

प्रमुख समाचार

नेपाली कम्युनिस्ट पार्टी र जसपा श्रेष्ठ समूहबिच आज एकता



काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबिच आज एकताको औपचारिक घोषणा हुने भएको छ ।

काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा एकता घोषणा हुने भएको हो । जसपाका नेता दुर्गा सुवेदीका अनुसार घोषणासभा राष्ट्रियसभा गृहमा दिउँसो १ बजे सुरु हुनेछ ।

एकता समारोहमा नेपाली कम्युनिस्ट पार्टी र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ । गत आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भइसकेका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ०८:५७   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।