Logo

अर्थ

कालिञ्चोक दर्शनद्वारा लाभांश घोषणा



काठमाडाैं । कालिञ्चोक दर्शन लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी ११औं वार्षिक साधारण सभाबाट अनुेमादन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार ११:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।