काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी)को रिक्त महाप्रबन्धक पदका लागि १६ जनाले आवेदन दिएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिने सूचना जारी गरी २७ कात्तिकदेखि आवेदन माग गरेको थियो । बिहीबार कार्यालय समयसम्म परेको आवेदन संख्या मन्त्रालयले सार्वजनिक गरेको हो ।
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार अब छानोट प्रक्रिया ‘नेवानि महाप्रबन्धक छनोट कार्यविधि–२०८२’ अनुसार अघि बढ्नेछ । सिलबन्दी दरखास्त आइतबारदेखि खोल्ने तयारी छ ।
वायुसेवा निगम स्रोतका अनुसार आवेदन दिनेमा, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व कर्मचारी, वायुसेवा निगमका उच्च तहका कर्मचारी, हवाई उड्डयनका जानकार, इन्जिनियरदेखि हवाई क्षेत्रका लागि नयाँ अनुहारसम्मले आवेदन दिएका छन् ।
निगमका मार्केटिङ विभागका निर्देशक टंकनिधि दाहाल, हवाई क्षेत्रका विज्ञ योगराज शर्मा कँडेलदेखि नयाँ अनुहारहरुले आवेदन दिएका छन । निगमको महाप्रवन्धकको लागि आवेदन दिनेमा नेपाल आर्मीको हवाई उडान विभागका काम गरिसकेका डा. दीपकप्रकास बास्तोला, भिमबहादुर चन्द, निगमका पूर्व कर्मचारी चिरन्जीवि उपाध्याय छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेसन म्यानेजर सन्तुष्ट कुमार बस्नेत, उड्डयन प्राधिकरणका पूर्व कर्मचारी रघुनाथ विडारी, हवाई व्यवस्थापनमा काम गरेका आशिष थापा, इन्जिनियर अभिनव कार्की, काठमाडौं र धनगढीमा हवाई संग्रहालय सञ्चालन गरिरहेका क्याप्टेन वेदप्रसाद उप्रेती, क्यानका पूर्व कर्मचारी विष्णुबाबु मिश्रसहितका व्यक्तिहरुले आवेदन दिएका छन् ।




















प्रतिक्रिया