काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
कम्पनीले आव २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश वितरणको प्रस्ताव पारित गर्न कम्पनीले पाँचौ वार्षिक साधारण सभा समेत बाेलाएकाे छ । कम्पनीको उक्त सभा पुस १४ गते दाङमा रहेका होटल पौवामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।




















प्रतिक्रिया