Logo

अर्थ

सुन तोलामा १६ सय बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । आज तोलामा १६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन २ लाख ५० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । आज एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो ।

 

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार ११:२६   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।