काठमाडाैं । नेपालमा हायात ब्रान्डको तेस्रो होटेलको रूपमा रुपन्देहीको बुटवलमा ‘हायात प्लेस बुटवल’ को औपचारिक उद्घाटन गरिएको छ । पाहुनाहरू र ‘वर्ल्ड अफ हायात’ का सदस्यहरूका लागि महत्त्वपूर्ण मानिने बजारहरूमा विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो ।
सबै वर्गका यात्रुलक्षित यो होटलले १०९ गेस्टरूम, प्रिमियम सुइट, २४ घण्टा खानपान र निःशुल्क वाइफाइ जस्ता सेवा मार्फत क्षेत्रीय होटल व्यवसायमा ‘इन्टरनेशनल ब्रान्ड स्ट्यान्डर्ड’ थप्ने अपेक्षा गरिएको छ ।
लगभग १५० जनासम्म अट्ने ग्रान्ड बलरुम र विभिन्न कोन्फरेन्स सुविधाका कारण बुटवललाई उदाउँदै गरेको माइस हब बनाउने सम्भावनालाई उद्योगपतिहरूले महत्वपूर्ण मानिरहेका छन् ।

होटलका जनरल म्यानेजर तुषार नगरका अनुसार, ‘हायात प्लेस बुटवल आधुनिक यात्रुका लागि काम र आराम दुवैलाई सन्तुलनमा राख्ने गरी डिजाइन गरिएको छ, जसले व्यापारिक गतिविधि र क्षेत्रीय पर्यटनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्नेछ।’
नेपालमा अन्तर्राष्ट्रिय चेनको उपस्थिति विस्तारिँदै गएको बेला बुटवलको यो होटलको स्थापनाले स्थानीय होटल व्यवसायका लागि नयाँ ब्यञ्चमार्क बनेको छ।

हायात प्लेस बुटवलका विशेषताहरू
हायात प्लेस बुटवलका विशेषताहरूले आधुनिक यात्रुहरूको सुविधा, आराम र सम्पूर्ण अनुभवलाई ध्यानमा राख्दै तयार गरिएको छन्।
होटलमा सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थान भएको १०९ फराकिला गेस्ट रुमहरू उपलब्ध छन्, जसमा ‘कोजी कर्नर’ सोफा–स्लिपर बेडसमेत समावेश छ।
पाहुनाहरूका लागि तातो तथा चिसो परिकारहरू सहितको निःशुल्क ब्रेकफास्ट व्यवस्था छ, जसले प्रत्येक बिहानलाई सहज बनाउँछ। दिन वा रात जुनसुकै समयमा ताजा खाना वा खाजा प्राप्त गर्न ‘द मार्केट’ उपलब्ध छ भने ‘जिङ बार’ मा विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेलहरू मज्जा लिन सकिन्छ।
कुनै आवश्यक सामान बिर्सिएमा किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रमले यात्रुलाई थप सहज बनाउँछ। होटल र सबै कोठामा निःशुल्क वाइ–फाइ सुविधा छ, साथै पारिवारिक वातावरणका लागि आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिका खेल्ने क्षेत्र समेत उपलब्ध गराइएको छ।
हायात प्लेस बुटवलको नेतृत्व जनरल म्यानेजर तुषार नगर र सेल्स डाइरेक्टर पार्थ ब्यानर्जीले सम्हालेका छन्।
आफ्नो भूमिकामा, तुषार नगरले होटेलको दैनिक सञ्चालन व्यवस्थापन, कर्मचारीहरूको रेखदेख र हायात प्लेस ब्रान्डले दिने सेवा पाहुनाहरूले प्राप्त गरून् भन्ने सुनिश्चित गर्ने जिम्मेवारी वहन गर्नेछन् भने ब्यानर्जीले बुटवल क्षेत्रमा आउने यात्रु र मिटिङ प्लानरहरूलाई सेल्स सेवा र सहयोग प्रदान गर्ने जिम्मेवारी सम्हाल्नेछन्।




















प्रतिक्रिया