Logo

स्वास्थ्य

२४ घण्टामा देशभर १ हजार ९४६ जनामा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार  प्रदेश १ को इलाममा ४, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा १, झापामा १ सय २१, ताप्लेजुङमा १, तेह्रथुममा १, भोजपुरमा २, मोरङमा ५२, सोलुखुम्बुमा ३ र सुनसरीमा ३५ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धनुषामा ८, पर्सामा ७, बारामा ९, महोत्तरीमा ७, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा ३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय ४२ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५९, चितवनमा १२, दोलखामा १२, धादिङमा १४, नुवाकोटमा ३, भक्तपुरमा ८८, मकवानपुरमा २३, रामेछापमा १, ललितपुरमा १ सय ५, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २ सय ८, गोरखामा ६४, तनहुँमा ४३, नवलपरासी पूर्वमा १२, पर्वतमा २४, म्याग्दीमा १०, लमजुङमा १०, बागलुङमा १९ र स्याङजामा ९ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुका २१, गुल्मीका ३, दाङका ९, नवलपरासीका २४, पाल्पाका १९, बर्दियाका १५, बाँकेका ३४, रोल्पामा २ र रुपन्देहीका ८२ जना छन्।

यस्तै, कर्णाली प्रदेशको दैलेखमा १ र सल्यानमा कोरोना भेटिएको छ। सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ९, डडेल्धुरामा ५२, डडेल्धुरामा १८, डोटीमा ८, दार्चुलामा १ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  ५ : २८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।