Logo

खेलकुद

कर्णालीलाई ५ विकेट हराउँदै काठमान्डुको चौथो जित, पुग्यो प्लेअफ नजिक



दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आइतबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

काठमाडौं गोर्खाजले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य पाएको जवाफी ब्याटिङ गरेको काठमाडौंले १७ ओभर ६ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।

काठमाडौंका जेरार्ड एरास्मसले सर्वाधिक नटआउट ४३ रन जोडे । ३३ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी, जोन सिम्पसनले ४१, बेन चार्ल्सवर्थले ३४ रन जोडे ।

कणालीका लागि भने नन्दन यादवले तीन विकेट लिए । खेलको १७ ओभर ३ र ४ बलमा उनले लगातार दुई विकेट लिए । उनले १७ ओभर ३ बलमा जोन सिम्पसनलाई आउट गरे भने १७ ओभर ४ बलमा रशिद खानलाई आउट पारे । त्यसैगरी, कर्णालीका पवन शर्राफले एक विकेट लिए ।

त्यसअघि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४९ रन बनायो ।

कर्णालीका लागि गुल्शन झाले सर्वाधिक ४९ रन बनाए । त्यसैगरी, कर्णालीका पवन शर्राफले २९ बलमा ३५ रन बनाए । मार्क वाटले ३० रनको योगदान दिए ।

पहिलो ओभरमै दुई विकेट गुमाएको कर्णालीले सन्तोषजनक स्कोर तयार पारेपनि पराजित भएको हो । खेलको पहिलो बलमै काठमाडौंका कप्तान करण केसीले प्रियाङ्क पाञ्चाललाई आउट गरेका थिए भने पहिलो ओभरको अन्तिम बलमा विल बोसिस्टो पनि आउट भएका थिए ।

बलिङतर्फ काठमाडौंका रशिद खानले दुई तथा करण केसी, मिलन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार १९:२५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।