काठमाडाैं । नेपाल राष्ट्रबैंकले पछिल्लो बैंक तथा वित्तीय संस्थामा विकृतिको रुपमा मौलाएको घूस लेनदेन र भ्रष्टाचार अन्त्यका लागि विशेष व्यवस्था गर्ने घोषणा गरेको छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै ‘एन्टी ब्राइबरी एन्ड करप्सन पोलीसी’ को व्यवस्था गर्ने घोषणा गरेको हो ।
बैंक तथा वित्तीय संस्थामा पारदर्शीता, जवाफदेहीता र सुशासन अभिवृद्धिको लागि उक्त व्यवस्था गर्न लागिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । ‘अन्तर्राष्ट्रिय असल अभ्यास र आन्तरिक रूपमा विकसित प्रचलनलाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्थामा पारदर्शिता, जवाफदेहिता र सुशासन अभिवृद्धिका लागि ‘एन्टी ब्राइबरी एण्ड करप्सन पोलीसी’ सम्बन्धी व्यवस्था गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।




















प्रतिक्रिया