Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । आज साताको दोस्रो दिन सेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.२८ अंकले घटेर २,६४५ को विन्दुमा कायम भएको छ ।

आज १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८२८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड १० लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी र स्वस्तिक लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै निफ्रा ग्रिन इनर्जी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ९.५१ प्रतिशतका दरले गुमाएका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार १५:१६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।