कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा आधुनिक प्रविधिमार्फत संरचनागत मजबुतीकरण (रेट्रोफिटिङ) कार्य सुरु गरिने भएको छ ।
विद्यालय भवनलाई भूकम्प–प्रतिरोधी बनाउँदै सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्ने उद्देश्यसहित चालु आर्थिक वर्षमा नगरपालिकाले यस कार्यक्रमलाई प्राथमिकतामा राखेको हो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टीकेन्द्रराज भट्टका अनुसार रेट्रोफिटिङको पहिलो चरणमा वडा नम्बर ५ को शिवशङ्कर माध्यमिक विद्यालय, गर्जमनी र वडा नम्बर ८ को जनभावना आधारभूत विद्यालय, नौखरीमा कार्य गरिनेछ । दोस्रो चरणमा नगरपालिकाको वडा नम्बर १ स्थित श्रीकृष्ण आधारभूत विद्यालय, रामनगरका जीर्ण अवस्थामा भवनमा रेट्रोफिटिङको काम गरिने उनले जानकारी दएि ।
‘रेट्रोफिटिङको कामका लागि ‘इ–विडिङ’ मार्फत कार्य गरिनेछ’, प्रमुख भट्टले भने, ‘त्यसका लागि ३० लाख बढी बजेटको व्यवस्थापन गरिएको छ ।’ विद्यालय लामो समयदेखि सञ्चालनमा रहेकाले भौतिक संरचनामा कमजोरी देखिनु, कक्षाकोठामा चिरा पर्नु, भूकम्प जोखिम बढ्नु तथा भवनको भारवहन क्षमता घट्नुलगायत कारणले रेट्रोफिटिङ अनिवार्य भएको उनले उल्लेख गरे ।




















प्रतिक्रिया