काठमाडाैं । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारीमा कडाइ गर्ने निर्णय गरेको छ। पार्टीले औपचारिक मापदण्ड जारी गर्दै अघिल्लो (२०७९) चुनावमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकाहरूलाई यसपालि समानुपातिक सूचिमा पुनः समावेश नगरिने स्पष्ट गरेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको परिपत्र अनुसार, २०७९ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित व्यक्तिहरू आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार बन्न पाउने छैनन्।
परिपत्रमा भनिएको छ—“२०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदमा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३(२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फको उम्मेदवार हुन पाउने छैन।”
यससँगै, प्रदेश सभा २०७९ को समानुपातिक बन्द सूचीमा अटाइएका व्यक्तिहरूलाई पनि २०८२ को प्रतिनिधि सभा समानुपातिक उम्मेदवारीमा समावेश गर्न नपाइने व्यवस्था गरिएको छ।






















प्रतिक्रिया