Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१ को विन्दुमा कायम भएको छ ।

आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ ।

आज ५ अर्ब २३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बन्दीपुर केबलकारको कारोबार भएको छ । यस कम्पनीको १८ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको १७ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सागर डिष्टिलरी, मिथिला लघुवित्त र झापा इनर्जीका लगानीकर्ताले कमाउका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले २.८५ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १५:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।