काठमाडौं । उज्यालो नेपाल पार्टी घोषणा सभाका प्रमुख अतिथि ऊर्जामन्त्री कुलमान घिसिङले देशको आर्थिक विकासका लागि विचार वा प्रणालीभन्दा प्रभावकारी नेतृत्व नै मुख्य आधार हुने बताएका छन्।
२००७ सालयताका ७५ वर्षमा देशमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि योग्य नेतृत्वको अभावले आर्थिक उन्नति ठप्प रहेको उनको विश्लेषण थियो।
घोषणा सभामा बोल्दै उनले भने, ‘हामीले ७५ वर्षमा धेरै राजनीतिक परिवर्तन हेर्यौं। राजनीतिक परिवर्तन गर्न नेताहरू सफल हुनुभयो, तर आर्थिक क्रान्तिमा असफल बन्नुभयो।’
उनका अनुसार, राजनीतिक भाषण गर्ने धेरै जिम्मेवार व्यक्तिहरू भए पनि कसैले विकासलाई परिणाममुखी रूपमा अघि बढाउन सकेनन्।





















प्रतिक्रिया