काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले पाँच तहको पार्टी संरचना बनाउने भएको छ ।
बुधवार औपचारिक रूपमा घोषणा गरिएको उक्त पार्टीको घोषणापत्रमा संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडा तहमा आधारित संरचना बनाउने उल्लेख छ ।
घोषणापत्रमा ‘सङ्गठन संरचना र कार्यप्रणाली’ उपशीर्षकमा सैद्धान्तिक स्पष्टता, नेपालको उज्यालो भविष्य निश्चित गर्ने राजनीतिक कार्यक्रम एवं नयाँ सङ्गठन संरचना र कार्य प्रणालीसहित नेपाली विशेषताको सामाजिक न्यायमा आधारित समृद्ध नेपाल निर्माणको नेतृत्व गर्ने अवसर प्राप्त भएको उल्लेख छ ।
‘समाजको चेतनास्तर र चिन्तन प्रणालीलाई मध्यनजर गर्दै आगामी रणनीतिहरू तयार गर्नु र सोही अनुसारको सङ्गठन संरचना र कार्यप्रणाली कार्यान्वयन गर्नु नै हाम्रो साङ्गठनिक प्रस्थानविन्दु हो’,घोषणापत्रमा भनिएको छ ।
त्यस्तै पार्टीले संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडातहमा आधारित संरचना बनाउने तथा संघ र प्रदेशको संरचनामा भौगोलिक, गैर–भौगोलिक र समावेशी समूह विभाजन गर्न सकिने जनाएको छ ।





















प्रतिक्रिया