काठमाडौं । आगामी ११औं महाधिवेशनलाई लक्षित गर्दै वरिष्ठ नेता तथा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। पोखरेल आफ्नो पक्षमा खुलेका शीर्ष नेताहरू सहित बुधबार बिहान ओली निवास गुण्डु पुगेका हुन्।
भेटमा पोखरेलसँगै अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे र योगेश भट्टराईको उपस्थिती थियो। महाधिवेशन प्रतिनिधि चयनका क्रममा केही जिल्लामा देखिएका विवाद तथा त्यसको समाधानबारे विस्तृत छलफल गर्न टोली गुण्डु गएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।





















प्रतिक्रिया