काठमाडौं । लाइसेन्स छपाइ जिम्मा पाएको मुद्रण विभाग (सेक्युरिटी प्रिन्टिङ प्रेस)ले यातायात व्यवस्था विभागलाई दोस्रो लटमा १०५६ लाइसेन्स हस्तान्तरण गरेको छ।
सुरक्षण मुद्रण केन्द्रले मंसिर ११ सम्म छापेका लाइसेन्स दोस्रो चरणमा व्यवस्था विभागलाई हस्तान्तरण गरेको हो।
यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेसले पहिलो चरणमा विभागलाई पहिलो पटक ५२० थान लाइसेन्स हस्तान्तरण गरेको थियो।
क्यूआर कोडसहितको लाइसेन्स परीक्षण सफल भएसँगै केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडालाई लाइसेन्स हस्तान्तरण गरेका हुन्।
लाइसेन्स छपाइका लागि केन्द्र र विभागबीच गत कात्तिक १२ मा सम्झौता भएको थियो।




















प्रतिक्रिया