Logo

अर्थ

पोखरा विमानस्थल भ्रष्टाचार: ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध मुद्दा



काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जना तत्कालीन मन्त्री र १० जना सचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

दर्ता हुने तयारीमा रहेको मुद्दाको मिसिलमा ८ अर्ब बिगो दाबी गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यसहित १० जना तत्कालीन सचिवहरुलाई विपक्षी बनाइएको छ।

बोगटीको निधन भइसकेको छ । उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १५:००   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।