Logo

प्रमुख समाचार

जेनजी अगुवाको सरोकारलाई सकारात्मक रुपमा गृह मन्त्रालयमा छलफल



जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी तथा जेन-जी आन्दोलनका अगुवाहरुबीच गृह मन्त्रालयमा आइतबार छलफल भएको छ ।

छलफलमा मन्त्री अर्यालले जेन-जी अगुवाहरूले राखेका सरोकारहरूलाई सकारात्मक रुपमा ग्रहण गरी सम्बोधन गर्न तर्फ पहलकदमी लिइने बताए ।

छलफल क्रममा मन्त्री अर्यालले जेन-जी आन्दोलनको जगमा बनेको सरकारले जेन-जीकै भावना प्रतिकूल हुने कुनै त्यस्तो निर्णय गर्ने भन्ने सोच्नसमेत नसक्ने कुरा राख्दै भने, ‘जेन-जी भाईबहिनीहरुले उठाउनु भएको माग र गराउनु भएको ध्यानाकर्षणबारे मन्त्रालय र यस अन्तर्गतका निकायहरू अझै बढी जिम्मेवार र सजग ढङ्गबाट प्रस्तुत हुनेछ ।’

यस्तै मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनालाई एउटा ‘लेन्स’ बाट सरकारले नहेरेको दोहोराउँदै उनले भने, ‘सबै नव पुस्ताहरूलाई आफूले गल्ती नगरेको भए बरु प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाएर अघि बढ्न र पक्राउ परेका हकमा सरकारले को कति निर्दोष हो त्यसको अझै सत्यतथ्य बुझेर थप निष्कर्षमा पुग्ने बताउनु भयो ।’

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार २०:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।