Logo

अर्थ

एनपिएलको अवसरमा एलजी ओलेड टिभीमा विशेष छुट

यो अफर सीमित समयका लागि मात्र उपलब्ध छ।



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको उत्साहलाई अझ बढाउन एलजी नेपालले आफ्नो प्रिमियम ओलेड टिभीमा विशेष मूल्य छुटको घोषणा गरेको छ।

एनपिएलका खेलहरू घरमै बसेर स्टेडियमकै जस्तो अनुभवसहित हेर्न सकियोस् भन्ने उद्देश्यले यो योजना ल्याएको कम्पनीले जनाएको हो। एलजीले सीमित अवधिका लागि ओलेड टिभीमा यो अफर सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो टिभीमा अल्फा ९ फोरके एआई प्रोसेसर, डल्बी भिजन, डल्बी एटमस जस्ता अत्याधुनिक प्रविधि जडान गरिएको छ। यसले क्रिकेटको हरेक क्षण, दृश्य र आवाजलाई जीवन्त तथा सिनेम्याटिक बनाउने कम्पनीको दाबी छ।

एलजीका मार्केटिङ म्यानेजर मुकेशकुमार बैठाले भने, ‘एनपिएल एउटा खेल मात्र नभएर नेपालीहरूको उत्सव हो। फ्यानहरूले घरमै बसेर उत्कृष्ट दृश्य र साउन्डसहित खेलको मजा लिन सकुन् भनेर हामीले यो विशेष छुट ल्याएका हौं।’

चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सद्वारा वितरित एलजीको यो अफर नेपालभरका आधिकारिक शोरुम तथा डिलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आईतवार १६:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।