Logo

अर्थ

सेयर बजारमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडकाे कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेकाे छ। नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६ को विन्दुमा कायम भएको हो ।

आज नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्।

आज बजारमा ९९ कम्पनीको सेयर मूल्य बढेकाे छ भने १४७ को घटेको छ। त्यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। आज ङादी ग्रुप पावरको ५५ करोड ८६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार १५:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।