Logo

अर्थ

तारागाउँ रिजेन्सीको लाभांश घोषणा



काठमाडौं । तारागाउँ रिजेन्सीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई करबाहेक ५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले लाभांशको प्रस्ताव आगामी साधारणसभा लैजाने निर्णय गरेको छ । सो प्रस्ताव साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् ।

भदौ २४ गतेको विध्वंसमा आगजनी भएका कारण अहिले तारागाउँ रिजेन्सीद्वारा सञ्चालित हायात होटल बन्द अवस्थामा छ ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार ११:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।