Logo

अर्थ

वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा



काठमाडाैं । ‘वाई-फाई नेपाल’ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५को अवसरमा ‘पारस दाईको मौकामा चौका’ अभियान ल्याएको छ । यस अफरमार्फत उच्च-गतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ ।

यस विशेष अभियान अन्तर्गत, २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि :शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन् । यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्चगतिको इन्टरनेटको मज्जा लिन सक्छन् ।

बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्कबिना नि:शुल्क Nokia 5GHz Dual-Band Router पनि प्राप्त गर्नेछन्, जसले अझ राम्रो गति, बलियो कभरेज तथा स्थिर इन्टरनेटसेवा सुनिश्चित गर्दछ । त्यो पनि मात्र रु. ११ हजार ७५० (भ्याटसहित)मा उपलब्ध छ। वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फीचर गर्दै, फ्यानहरूका बीच NPL को उत्साहलाई अझ बढाइरहेको छ ।

यस विशेष अफरमार्फत वाईफाई नेपालले देशभरका घर परिवारहरूलाई उच्च-गतिको इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ ।

कम्पनीका अनुसार, ‘यो अफर NPL २०२५को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही विशेष प्रदान गर्ने हाम्रो प्रयास हो । कम्पनीले २०० Mbps इन्टरनेट, नि:शुल्क Dual-Band Router र एक वर्षको बोनस सेवासहित सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र किफायती बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।

यो अफर मंसिर २९ गतेसम्म लागू हुनेछ र यसमा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १४:३८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।