Logo

प्रमुख समाचार

रोल्पाबाट प्रतिनिधिसभा निर्वाचनका लागि गगन थापाको नाम सिफारिस



काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम रोल्पाबाट प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले थापालाई प्रत्यक्ष प्रणालीबाट उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो।

कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीकाअनुसार थापासँगै थप चार जनाको नाम पनि सिफारिस गरिएको छ। उनीहरूमा प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी र ज्ञानबहादुर ओली रहेका छन्।

जीसीका अनुसार जिल्ला कार्यसमितिको सिफारिस अर्को प्रक्रिया अनुसार प्रदेश र केन्द्रमा पठाइनेछ। अन्तिम निर्णय भने पार्टी केन्द्रीय समितिद्वारा हुनेछ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार १७:१९   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।