Logo

अर्थ

दराजद्वारा १२.१२ ग्राण्ड इयर एन्ड सेल घोषणा, ८०% सम्म छुट



 

देशकै अग्रणी अनलाइन मार्केटप्लेस दराज नेपालले वर्षअन्तिम शपिङ पर्वको रुपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ।

डिसेम्बर ११ (मंसिर २५) राति ८ बजेदेखि डिसेम्बर १८ (पौष ३) सम्म सञ्चालन हुने यो सेललाई कम्पनीले वर्षकै सबैभन्दा ठूलो र लाभदायक अफरको रूपमा प्रस्तुत गरेको छ।

ग्राहकले सेल अवधिभर ८०% सम्मको फ्ल्यास सेल, ७०% सम्मको मेगा डिल तथा छानिएका उत्पादनमा निःशुल्क ढुवानी सुविधा पाउने दराजले जनाएको छ। यससँगै साझेदार ब्रान्डमार्फत छुट थप आकर्षक बनाइएको छ।

प्लाटिनम पार्टनर सेताफिलबाट ४१% सम्म, गोल्ड पार्टनर ¥होटो, ब्राण्डहाउस र एईविबीबाट ६०% सम्म तथा सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टोबाट ५०% सम्म छुट उपलब्ध हुनेछ।

डिसेम्बर ११ राति ८ बजेदेखि सुरु हुने क्रेजी फ्ल्यास सेल यस सेलको प्रमुख आकर्षण रह्नेछ। सीमित स्टकमा उपलब्ध डिलहरूसँगै दैनिक फ्ल्यास प्राइस–ड्रप अफरमार्फत ग्राहकले थप छुट पाउन सक्नेछन्।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न खल्ती वालेट प्रयोगकर्ताहरुलाई १०% सम्म (अधिकतम रु. २००) छुटको सुविधा मिल्ने दराजको दाबी छ।
यस वर्ष एड टू कार्ट एन्ड विन तथा बाई एन्ड विन अफरसमेत सक्रिय रहनेछ।

एड टू कार्ट योजनाअन्तर्गत रु. १०,००० भन्दा माथिको सामान कार्टमा राख्ने एक भाग्यशाली ग्राहकले स्मार्टवाच, इयरबड्स र पावर बैंक जित्ने मौका पाउनेछन्।

बाई एन्ड विनमा रु. ५,००० भन्दा माथिको खरिदमा सहभागिता प्रदान गरिनेछ, जहाँ हावेल्स बन्डल, लोट्टो रनिङ शुज, रेडमी बड्स फाइभ ए र सियाओमी क्यामेरा जस्ता उपहार उपलब्ध रहनेछन्।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार २२:४३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।