काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य पुनर्वहाली भएका छन् ।
सर्वोच्च अदालतले उनको सरुवा निर्णय बदर गर्दै प्राधिकरणमै हाजिर भई नियमित कामकाज गर्न आदेश दिएपछि शाक्यले आज औपचारिक रूपमा पदबहाली गरेका हुन् ।
ऊर्जा मन्त्रालयले केही समयअघि कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेपछि शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो। सो निर्णयविरुद्ध शाक्य सर्वोच्च अदालतमा पुगेका थिए ।
सर्वोच्च अदालतले शाक्यलाई कार्यकारी निर्देशकबाट हटाई अन्य निकायमा पठाउने निर्णयमा आवश्यक स्वीकृति नलिएको ठहर गर्दै सरुवा प्रक्रिया कानुनी रूपमा त्रुटिपूर्ण भएको व्याख्या गरेको छ । अदालतको यही आदेशका आधारमा शाक्य पुनः पदमा फर्किएका हुन् ।
यस निर्णयसँगै प्राधिकरणमा शाक्यले पुनः नेतृत्व सम्हाल्दै आफ्नो कामकाज अघि बढाउने भएका छन् ।




















प्रतिक्रिया