Logo

अर्थ

भन्सार विभाग र एजेन्टबीच सहमति, आन्दोलन फिर्ता



काठमाडौं । भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबीच बुधबार भएको वार्तामा सहमति जुटेको छ। भन्सार एजेन्ट महासंघका अनुसार २३ मंसिरबाट सुरु गरिएको आन्दोलन भन्सार विभाग र महासंघबीचको सहमतिसँगै फिर्ता भएको हो ।

विभागका अनुसार महासंघले भन्सार विभागमा पेश गरेका मागहरू व्यवस्थापन सुधार र विभाग तथा कार्यालयबाट सम्बोधन हुने प्रकृतिका माग क्रमशः कार्यान्वयन गर्ने सहमति भएको छ ।

नियमावलीमा सम्बोधन गर्नुपर्ने मागका विषयमा अर्थ मन्त्रालयमा अवगत गराउने निर्णय भएको समेत विभागले जनाएको छ ।

भन्सार ऐनको उक्त उपदफामा घोषणाकर्ताले विद्युतीय माध्यमबाट वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा घोषणाकर्तालाई सो घोषणाअनुसार लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरेर मात्रै वस्तु जाँचपास गर्ने व्यवस्था रहेको छ ।

वार्तामा यो व्यवस्थालाई दफा २० को उपदफा १० र ११ अनुसार तत्कालको लागि दण्ड जरिवाना छुट दिने सहमति भएको जनाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार १४:१४   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।