बुटवल । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ ।
उनीहरूको मुद्दाको सुनुवाइ न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको चार नम्बर इजलाशमा परेको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । यसअघिको सुनुवाइ सार्वजनिक बिदा भएका कारण हुन सकेको थिएन ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको बिहीबारको पेशी गत १३ गतेपछि निरन्तर सरिरहेको छ ।




















प्रतिक्रिया