Logo

अर्थ

नेप्सेमा ४६ लाख ५७ हजार कित्ता हकप्रद सेयर सूचीकृत



काठमाडाैं । खानीखोला हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा जारी गरेको ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत भदौ ३ गतेदेखि हाल कायम चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ बराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर जारी गरेको छ। सोही हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार १६:२८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।