Logo

अर्थ

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा



काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा सञ्चित कोषबाट हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८२, सोमबार ११:३३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।