Logo

प्रमुख समाचार

एमाले महाधिवेशनः पासाङ शेर्पाको उम्मेदवारी खारेज



काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । बहुविवाह मुद्दामा दोषी ठहर भएका उनले आदिवासी–जनजाति खुलातर्फ उमेदवारी दर्ता गराएका थिए ।

तर वहुविवाह मुद्दाका दोषी भएकाले उमेदवार बन्न नपाउने उजुरी दर्ता भएको थियो ।

उजुरीपछि शेर्पाको उमेद्वारी निर्वाचन आयोगले खारेज गर्दै अन्तिम उम्मेदवार सूचीबाट नाम हटाएको छ ।

प्रकाशित मिति : १ पुष २०८२, मंगलवार १५:२५   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।