काठमाडौं । बुधबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । पहिलो पटक चाँदीको मूल्य प्रतितोला ४ हजार नाघेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ४ हजार ५५ रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । एकैदिन चाँदीको मूल्य तोलामा १७० रुपैयाँ बढेको हो ।
अघिल्लो दिन ३ हजार ८८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । एक सातामै चाँदीको भाउमा नयाँ रेकर्ड बनेको हो । यसअघि गत बुधबार चाँदी ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनेको थियो ।
आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५९ हजार रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया