Logo

अर्थ

सेयर बजारमा गिरावट, ४ अर्ब ५७ करोडकाे कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.६६ अंकले घटेर २,६१५ को विन्दुमा कायम भएको छ ।

आज ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १९४ कम्पनीको सेयर घटेको छ ।

आज ४ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीको सेयर करोबार भएको छ । यस कम्पनीको २४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको १८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १५:१२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।