Logo

प्रमुख समाचार

रवि र छविको मुद्दामा बहस सकियो, आदेश आउँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ सकिएको छ ।

केहीबेरमा आदेश आउने उच्च अदालतले जनाएको छ । तुलसीपुर उच्च अदालत, बुटवलको १ नम्बर इजलासमा अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासमा सुनुवाइ भएको थियो ।

लामिछाने र जोशीले बिगो बराबरको रकम बुझाएर थुनाबाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने जिल्ला अदालतको आदेशविरुद्ध परेको मुद्दाको सुनुवाइ उक्त इजलासमा तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुष २०८२, बिहीबार १६:२१   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।