Logo

अर्थ

नेपाल बैंकले लाभांश वितरण नगर्ने



काठमाडौं । नेपाल बैंकले यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

याेसँगै यस वर्ष नेपाल बैंक शेयरधनीहरूले कुनै लाभांश पाउने छैनन् ।

बैंकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०८२, शुक्रबार ११:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।