काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण र स्वास्थ्य अवस्थालाई उल्लेख गर्दै सञ्चालक समिति समक्ष राजीनामा बुझाएका हुन्।
बैंकको हालै बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरिसकेको बैंक स्रोतले जनाएको छ। उनी लामो समयदेखि एनआईसी एशिया बैंकको सञ्चालक समितिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका थिए। विशाल ग्रुपका अध्यक्ष समेत रहेका अग्रवाल नेपालको व्यावसायिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्व मानिन्छन् ।
रास्ट्र बैंकबाट २ लाख जरिवाना गरेको पत्र बैंकमा शुक्रबार आएसङै अग्रवालले राजीनामा दिएका हुन् । अग्रवालको बहिर्गमनसँगै बैंकले नयाँ अध्यक्ष चयन गर्ने प्रक्रिया अगाडि बढाउने बताइएको छ। उनको राजीनामापछि अब बैंकको नेतृत्व कसले सम्हाल्ने छ भन्ने विषयमा धेरैको चासो बढेको छ।
बैंकले आगामी साधारण सभा वा सञ्चालक समितिको बैठकबाट नयाँ अध्यक्षको टुंगो लगाउने सम्भावना छ।




















प्रतिक्रिया