Logo

प्रमुख समाचार

मिराज ढुंगाना समूहद्धारा ‘संयुक्त जेनजी’ आन्दोलनको घोषणा



काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेनजी’ आन्दोलन घोषणा गरेको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ढुङ्गानाले समूहले आन्दोलनको घोषणा गरेको हुन् ।

उनले भोलि ११ बजे काठमाडाैँस्थित माइतीघर मण्डलामा उपस्थित हुन समेत सबैलाई आह्वान गरेका छन् । सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरिएकाे ढुङ्गानाले बताए ।

उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी समेत गरे ।

प्रकाशित मिति : ६ पुष २०८२, आईतवार १५:२७   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।