काठमाडाैं । कालिका पावर कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनर सेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनका लागि) प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारित गर्न कम्पनीले साधारणसभा समेत बाेलाएको छ । सभामा कम्पनीले अन्य कम्पनीमा लगानी गर्न सहज बनाउन होल्डिङ कम्पनीको रुपमा विकास गर्नका लागि कम्पनीको नाम परिवर्तन गर्ने तथा सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।




















प्रतिक्रिया