Logo

अर्थ

नेप्सेमा १३ अंकको गिरावट



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १३.८८ अंकले घटेर २,५८१ को विन्दुमा कायम भएको छ ।

आज ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ ।

आज ३ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लुम्बिनी विकास बैंकको कारोबार भएको छ । यस बैंकको १० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सन नेपाल लाइफको ८ करोड २६ लाखको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एसवाई प्यानलका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानकिर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.८४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १५:१९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।