Logo

समाचार

नेपाल सद्‌भावना पार्टीका नेता बद्री मण्डलको निधन



काठमाडौं । नेपाल सद्‌भावना पार्टीका वरिष्ठ नेता बद्री मण्डलको निधन भएको छ । ८७ वर्षको उमेरमा मंगलबार बिहान विराटनगर महानगरपालिका ९ स्थित निवासमा मंगलबार उनको निधन भएको हो ।

मण्डल नेपाल सद्भावना पार्टी नेपालका पूर्वकार्यवाहक अध्यक्ष हुन् । राजावादी नेता मण्डल दुई पूर्वराजा वीरेन्द्रविरविक्रम शाह र उनका भाइ ज्ञानेन्द्रलाई रिझाएर पटक पटक राजकीय जिम्मेवारीमा पुगेका थिए ।

२०५४ सालमा नेपाल सद्‌भावना पार्टीमा प्रवेश गरेदेखि मधेस, मधेसी र मधेसवादका लागि अन्तिमसम्म लडेका मण्डल ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा भने पार्टी छाडेर मन्त्री बनेका थिए, जसका कारण उनको निकै आलोचनासमेत भएको थियो । ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन गएपछि उनी फेरि मधेस फर्किएका थिए ।

पार्टीका अध्यक्ष अनिलकुमार झाले उनको निधनबाट परिवारले अभिभावक गुमाएको महसुस भइरहेको बताएका छन् । उनको देहावसानले मधेसवादी राजनीतिलाई अपूरणीय क्षति भएको पार्टीले ठहर गरेको उनले बताए ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १७:०३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।