Logo

खेलकुद

आईसीसी टी-२०आई अलराउन्डर वरीयताको शीर्ष १०० मा ६ नेपाली, दीपेन्द्रसिंह ऐरी आठौं स्थानमा कायम 



काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले बुधबार अपडेट गरेको वर्ष २०२५ को टी-२० को अलराउन्डर विश्व वरियताको आठौं स्थानमा कायम रहेका छन् ।

पाकिस्तानका साइम अयुब विश्वको शीर्ष अलराउन्डर हुँदा दोस्रो स्थानमा जिम्बाब्वेका सिकन्दर राजा छन् । वेस्ट इन्डिजका रोस्टन चेज तेस्रो तथा भारतका हार्दिक पण्ड्या चौथो स्थानमा छन् ।

ऐरीभन्दा माथि पाकिस्तानका मोहम्मद नवाज पाँचौं स्थानमा छन् भने अफगानिस्तानका मोहम्मद नाबी छैटौं तथा वेस्ट इन्डिजका रोमारियो सेफर्ड सातौं स्थानमा छन् । अलराउन्डरको शीर्ष १० मा अटाउन सफल हुने अन्य खेलाडीमा अफगानिस्तानका अज्मातुल्लाह ओमारजाई नवौं तथा भारतका अक्षर पटेल १० औं स्थानमा छन् ।

वर्ष २०२५ को टी-२० विधाका अलराउन्डर वरियतामा नेपालका कुशल भुर्तेल २६औं स्थानमा परेका छन् । शीर्ष १०० मा नेपालका ६ खेलाडी समावेश हुँदा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल ४२औं स्थानमा कायम छन् ।

यसैगरी गुल्सन झा ५० औं स्थान, कुशल मल्ल ८७औं स्थान र ९८औं स्थानमा पुगेका छन् ।

त्यस्तै बलिङ बरियताको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती हुँदा शीर्ष १०० मा नेपालबाट ३ खेलाडी समेटिएका छन् ।

नेपाली राष्ट्रिय टिमका ललित राजवंशी ७९ औं स्थानमा पुग्दा दीपेन्द्रसिंह ऐरी ८० तथा सन्दीप लामिछाने ८८औं स्थानमा कामय छन् ।

त्यस्तै ब्याटिङ वरियताको शीर्ष स्थानमा पनि भारतकै अभिशेक शर्मा छन् । ब्याटिङ वरियताको शीर्ष १०० मा नेपालबाट ऐरीसहित ४ खेलाडी परेका छन् ।

अलराउन्डर वरियताको शीर्ष १० मा रेका ऐरी बलिङ र ब्याटिङ वरियताको पनि शीर्ष १०० मा छन् । ऐरी ब्याटिङ वरियताको ७३औं स्थानमा झरेका छन् । यो उनको अघिल्लो वरियताभन्दा एक स्थान तल हो ।

यसैगरी नेपालका कप्तान रोहित पौडेल ७५, आसिफ शेख ७७ र कुशल भुर्तेल ७८ औं स्थानमा कायम छन् ।

बुधबारै सार्वजनिक गरिएको टी-२० टिम वरियतामा नेपाल १७औं स्थानमा कामय छ ।

प्रकाशित मिति : ९ पुष २०८२, बुधबार १७:२०   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।