Logo

अर्थ

धितोपत्र बोर्डबाट एनएमबि बैंकले पायो ३ अर्बको अग्राधिकार सेयर जारी गर्ने अनुमति



काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो ।

अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ ।

बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ । एनएमबि बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १० पुष २०८२, बिहीबार ११:००   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।