काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको एनएमबि अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको हो ।
अब एनएमबि बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्नेछ ।
बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ । एनएमबि बैंकको अग्राधिकार सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।




















प्रतिक्रिया