दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टी १५औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन्।
बाँकेको नेपालगञ्जमा पार्टीको नवनिर्मित भवन (सुशील कोइराला स्मृति भवन)को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
केन्द्रीय सदस्य गिरी १४औं महाधिवेशनमा डा. शेखर कोइराला समूहबाट खुलातर्फको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। यस पटक कुन समूहबाट उपसभापति पदमा उम्मेदवार बन्ने भन्नेबारे उनले स्पष्ट खुलाउन चाहेनन्।
गिरीले पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गरेको बताएका थिए।





















प्रतिक्रिया